जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू–१९ विश्वकप : आज नेपाल अफगानिस्तान भिड्दै,दुबैलाई जित्नै पर्ने दबाब

काठमाडौँ – आइसिसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले अफगानिस्तानसंग खेल्दै छ ।

समूह चरणको अन्तिम यो खेलमा अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा नेपाल छ । दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो ।

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भयो ।

यही समूहबाट लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान भने अङ्कविहीन छन् ।

आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।यसले नेपाललाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्नै पर्ने चुनौती थपेको हो ।

खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुनेछ ।

यसले समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान बनाइदिएको छ । 

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?