जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यसरी हटाउनुहोस् अनुहारमा भएका अनावश्यक दाग 

गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन।

२.अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले  किलन्जिङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रूपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ।

५.अनुहारमा ससाना दाग भए बेसार, कागतीको रस ,दूधको तर राखी प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

६. जौको पिठोलाई स्क्रबको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काँक्रोको चप बनाई राख्दा पनि शीतला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?