जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल भित्रिँदै विद्युतीय गाडी ‘ओमोडा ई–फाइभ’, कति पर्छ मूल्य? 

काठमाडौं– चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई–फाइभ नेपाल भित्रिने भएको छ । 

ओमोडा ई–फाइभको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । 

नेपालका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल प्रा.लि. ले ओमोडा ई–फाईभ गाडीको मूल्य सार्वजनिक गरेको हो ।

फेब्रुअरी पहिलो साता सम्ममा नेपालमा यो गाडी सार्वजनिक गर्ने तयारी भएको कम्पनीले जनाएको छ । 

चेरी अटोमोबाइल कम्पनीले ईभी अन्तर्गत मोडेल नाइन, मोडेल सेभेन र मोडेल फाइभ उत्पादन तथा बिक्री गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?