जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सोमबार भगवान शिवको विशेष दिन,यसरी गर्नुहोस् पूजा

हिन्दु धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गर्ने गरिन्छ ।  

यो दिनको शिव पुजन र ब्रतले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनी सोमबार व्रत बस्ने चलन अझै पनि छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हुन् । त्यसैले यस दिन चन्द्र र शिवलाई जोडेर उपासना गर्नु उत्तम मानिन्छ।

आजको दिन शिवको मन्दिरमा गएर  ‘अर्धनारीश्वर पूजा’ गर्ने र  ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ।

पूजा विधि :

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुपर्दछ ।

यस पश्चात् शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउने र पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउने र अन्तिममा धूप ,दीप बालेर आरती गर्ने ।

मन्त्र :

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?