जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शनिबार ‘द एलिमेन्ट्स’ ब्यान्डले साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ– चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द एलिमेन्ट्स’ ब्यान्डले शनिबार साङ्गीतिक प्रस्तुति दिने भएको छ।

ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो। द एलिमेन्ट्स ब्यान्डले आफ्नो नयाँ म्युजिक भिडिओ सार्वजनिक गर्ने सन्दर्भ पारेर साङ्गीतिक प्रस्तुति दिन लागेको ब्यान्ड म्यानेजर मनिष अधिकारीले जानकारी दिए।

उनले भने, ‘शनिबार चलचित्र शीर्षकको नयाँ गीत सार्वजनिक हुनेछ।’ त्यही सन्दर्भमा ब्यान्डले नयाँ पुराना केही गीत पनि गाउने छन्। ब्यान्डको बिर्सने हौ कि, सपनाको मायालु, पुतलीजस्ता गीतहरू चर्चित छन्।

एलिमेन्ट्सको नयाँ गीत चलचित्रमा नेपाली चलचित्र क्षेत्रकै दिग्गज अभिनेत्री गौरी मल्लको अभिनय गरेकी छिन्। मल्लसँगै कुन्शाङ तामाङ र एलिमेन्ट्स ब्यान्डका तीनै जना सदस्य ईशानराज वन्त, रौनक अधिकारी र दिपेश गुरूङको अभिनय देख्न पाइन्छ ।

रविन शर्माको निर्देशनमा तयार भएको चलचित्रमा कुन्शाङ तामाङले रुद्रको भूमिका निभाएका छन्, जसले एक साधारण पात्रबाट नायक बन्ने यात्रालाई सजीव बनाएका छन्।

चलचित्रको म्युजिक भिडिओमा सांस्कृतिक सिनेमाटिक फ्युजन देख्न पाइन्छ। रोचक कथामा सांस्कृतिक विशेषता समेत झल्काउने गरी बुनिएको म्युजिक भिडिओ हो यो। चलचित्रका कला निर्देशक चे शंकरले नेपाली परम्परा र सांस्कृतिक विशेषता झल्किने दृश्यहरू सिर्जना गरेका छन्।

त्यस्तै, सौरभ लामिछानेको छायांकन रहेको चलचित्रले पाटन क्षेत्रको सांस्कृतिक, आध्यात्मिक सौन्दर्यलाई सिनेमाटिक रूप दिएको छ।

ब्यान्डका गायक अनुसार, ईशानराजले भने, ‘यो गीतले सबै मान्छे आफ्नो चलचित्रका हिरो आफैं हौ भन्ने भाव बोकेको छ र म्युजिक भिडियोले पनि त्यही अनुसार तयार भएको छ।’

चलचित्र एलिमेन्ट्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?