जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘डिग्री माइला’को छायाङ्कन ४५ दिनमै सकियो

काठमाडौं – फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकिएको छ । रामबाबु गुरुङ निर्देशन फिल्मका छायाङ्कन ४५ दिनमै सकिएको हो । सकिएको हो ।

गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु  गरेको थियो । दोस्रो चरणको छायाङ्कन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको निमार्ण पक्षले जनाएको छ ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?