जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दृष्टिबिहीन हुनबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौँ– आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो। जब आँखाको स्वास्थ्यको कुरा आउँछ । हामी प्रायः आँखा परीक्षण गर्न मात्र सीमित गर्छौं। तर के यो पर्याप्त छ रु आँखाको स्वास्थ्य कायम राख्न हामीले केही बानीहरू अपनाउनुपर्छ। जानौं विज्ञहरूका अनुसार कुन ५ बानीलाई आफ्नो दैनिकीमा समावेश गरेर आँखा स्वस्थ राख्न सकिन्छ ।

सन्तुलित आहार र भिटामिन ए युक्त खानेकुराको सेवन
भिटामिन ए आँखाको स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। हरियो सागसब्जी, गाजर, अण्डा र साल्मन माछा जस्ता चीजहरू तपाईंको आहारमा प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै ओमेगा–३ फ्याटी एसिड, भिटामिन सी र ई भएको खानेकुराको सेवन गर्नुपर्छ । यी तत्वहरूले आँखाको ज्योति तेज राख्न र उमेरसँगै आउने समस्याबाट बचाउन मद्दत गर्छ।

सूर्यको क्षतिबाट जोगाउनुहोस्
सूर्यको हानिकारक पराबैंगनी किरणहरू तपाईंको आँखाको लागि हानिकारक हुन सक्छ। घाममा निस्कँदा सनग्लास लगाउनुपर्छ । तपाईं सुरक्षासंग चश्मा प्रयोग गरेर आफ्नो आँखा सुरक्षित गर्न सक्नुहुन्छ। चश्मा नलगाई सूर्यलाई सिधै नहेर्नुहोस्।

रक्तसञ्चार र कोलस्ट्रोलमा ध्यान दिने
स्वस्थ आँखाका लागि शरीरमा रगतमा चिनी र कोलेस्ट्रोल सन्तुलित हुनु अति आवश्यक हुन्छ । मधुमेहका बिरामीमा आँखाको समस्या बढी देखिन्छ । त्यसैले रगतमा चिनी नियन्त्रण गर्न दैनिक ३० मिनेट पैदल हिँड्नुपर्छ र स्वस्थ आहार खानुपर्छ ।

धुम्रपानबाट बच्नुहोस्
धुम्रपान फोक्सोका लागि मात्र होइन आँखाका लागि पनि हानिकारक हुन्छ । धुम्रपानले धमिलो दृष्टि र दोहोरो दृष्टि जस्ता समस्या निम्त्याउन सक्छ। साथै, यसले उमेर अघि आँखाको क्षमतालाई कम गर्न सक्छ। त्यसैले आँखाको स्वास्थ्यका लागि धुम्रपानबाट टाढा रहनु अति आवश्यक छ ।

कन्ट्याक्ट लेन्स लगाउनेहरूका लागि विशेष सुझावहरू
यदि तपार्इ कन्ट्याक्ट लेन्स लगाउनुहुन्छ भने अझ बढी सावधान हुन आवश्यक छ। कन्ट्याक्ट लेन्स लगाउनु वा हटाउनु अघि हात राम्ररी धुनुहोस्। नुहाउँदा, सुत्दा वा पौडी खेल्दा नलगाउनुहोस्। यसले संक्रमणको जोखिम कम गर्छ र तपाईंको आँखा सुरक्षित राख्छ।

कहिले परिक्षण गर्ने ?
आँखाको समस्या नभए पनि वर्षमा २–३ पटक आँखा जाँच गराउनुपर्ने आँखा विशेषज्ञहरूले सुझाव दिएका छन् । यसबाहेक, आफ्नो स्क्रिन समय नियन्त्रण गर्नुहोस् र आँखालाई पर्याप्त आराम दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?