जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म आम नागरिक बन्ने, कलाकार धमाधम छनौट

काठमाडौं केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म आम नागरिक बन्ने भएको छ। विनयराज पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘आम नागरिक’ स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा गरिएको हो ।

फिल्म पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने लागेको हो । निर्माण पक्षले फिल्मको आधिकारिक एक पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा एक व्यक्ति शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य छ ।

निर्देशक पौडेलले यसै फिल्म मार्फत निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मका लागि धमाधम कलाकार छनौट भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशक पौडेलकै रहनेछ ।

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?