जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईसीसी यू १९ विश्वकप : आकाश चन्द चम्किँदा अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४० ओभर १ बलमा अल आउट हुनुअघि १ सय ४५ रन बनायो ।

नेपालका आकाश चन्दले सर्वाधिक ५ विकेट लिए भने दिपेश कँडेलले २ विकेट लिए । अफगानिस्तानका अल्लाह मोहम्मद गजनाफरले सर्वाधिक ३७ रन बनाए भने नसिर खान मरुफखिलले ३१ रन जोडे ।

त्यसैगरी, फरिदुन दउदजाईले २९ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?