जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बच्चा जन्मिएको ६ महिनापछि खाना खुवाइएन भने कुपोषण हुन सक्छ

काठमाडौं – हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाइने तत्त्वलाई पोषक तत्त्व भनिन्छ। खानाले शरीरका आन्तरिक तथा बाहिरी अंगलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । यस्ता खानाको कमी भएको अवस्था कुपोषण हो। नेपालमा अहिले पनि पाँचदेखि सात प्रतिशत बालबालिकाको मृत्यु कुपोषणकै कारण हुने गरेको चिकित्सक बताउँछन्। कुपोषण भनेको के हो ? के कारणले हुन्छ ? समाधान अर्थात् बच्ने उपाय के के हुन् ? भन्ने विषयमा कैलालीको कोटा तुल्सीपुर स्वास्थ्यचौकी बर्दगोरियाका जनस्वास्थ्य निरीक्षक कृष्णदेव जोशीसँगको कुराकानीः

कुपोषण भनेको के हो ?
मानव शरीरलाई आवश्यक पर्ने विभिन्न तत्त्वहरु खानामा पाइन्छ। शक्तिवर्दक खाना, शरीरको वृद्धिविकास गर्ने खानाको कमी भएको अवस्थालाई कुपोषण भनिन्छ।

जन्मिएको ६ महिनापछि बच्चालाई अतिरिक्त खाना खुवाउनुपर्ने हुन्छ। अतिरिक्त खाना खुवाउन सकिएन भने बच्चामा कुपोषण हुन्छ। ६ महिना अगाडि हरेक दिन बच्चाका लागि आमाको दूध कम्तीमा १२ पटक खुवाउनु आवश्यक हुन्छ।

बच्चामा कुपोषण धेरै हुन्छ किन ?
पहिलो कारण त आमा नै कुपोषित हुनु हो। आमा कुपोषित भयो भने बच्चा कम तौलको जन्मिन्छ र स्वभावैले उसको वृद्धि विकास राम्रोसँग हुन पाउँदैन। जन्मिएको ६ महिनापछि बच्चालाई अतिरिक्त खाना खुवाउनुपर्ने हुन्छ। अतिरिक्त खाना खुवाउन सकिएन भने बच्चामा कुपोषण हुन्छ। ६ महिना अगाडि हरेक दिन बच्चाका लागि आमाको दूध कम्तीमा १२ पटक खुवाउनु आवश्यक हुन्छ।

बच्चालाई कुपोषण सुरु हुँदा कस्ता लक्षण देखिन्छन् ?
कुपोषण दुई किसिमको हुन्छ। एउटा सुकेनास र अर्को फुकेनास। सुकेनास भएका बच्चा हेर्दै दुब्लो पातलो हुने हुँदा कुपोषित भएको थाहा हुन्छ। फुकेनास भएका बच्चा हेर्दा मोटो देखिने, तौल धेरै हुने हुन्छ। यसमा बच्चा धेरै रुने झिझिने हुन्छन्। यस्ता लक्षण देखिए भने पाखुराको नाप लिनुपर्छ। पाखुराको नाम लिँदा तीन तह हुन्छ। हरियोमा भए पोषण पुगेको मानिन्छ। पहेँलोमा हुँदा पोषण कम भएको भनिन्छ भने रातोमा पुगेको भए त्यसलाई कुपोषण भनिन्छ।

कुपोषण दुई किसिमको हुन्छ। एउटा सुकेनास र अर्को फुकेनास। सुकेनास भएका बच्चा हेर्दै दुब्लो पातलो हुने हुँदा कुपोषित भएको थाहा हुन्छ। फुकेनास भएका बच्चा हेर्दा मोटो देखिने, तौल धेरै हुने हुन्छ।

कुपोषण भएका बच्चालाई पछिसम्म स्वास्थ्यमा कस्ता कस्ता समस्या देखिन सक्छन् ?
बच्चामा पोषणको मात्रा पुगेको छ भने दुई वर्षमा ८० प्रतिशत मानसिक विकास हुनुपर्छ भनिन्छ। पोषणको मात्रा पुगेन भने मानसिकसँगै शारीरिक विकासमा पनि कमी आउँछ र किशोरावस्थासम्म यसले असर गर्छ। त्यस्तै पछिगएर उसमा रोग प्रतिरोधात्मक क्षमता कम भएर विभिन्न रोगले छिटो आक्रमण गर्ने सम्भावना धेरै हुन्छ।

नेपालमा कुपोषणकै कारण हुने बाल मृत्यु दरको अवस्था कस्तो छ ?
नेपालमा अहिले पनि पाँचदेखि सात प्रतिशत बालबालिकाको मृत्यु कुपोषणकै कारण हुने गरेको तथ्याङक छ।

सरकारले सञ्चालन गरेको पोषण कार्यक्रम कत्तिको प्रभावकारी भइरहेको छ ?
सरकारले सञ्चालन गरेको पोषण रियाबिलेशन सेण्टरमार्फत् कुपोषण भएका बालबालिकालाई विभिन्न पोषण तत्त्वहरु दिइन्छ। तयारी खाना जसलाई आइयुटिएफ भनिन्छ। जो दुईदेखि तीन महिनासम्म खुवाउने गरिन्छ। यसका साथसाथै आमाको दूध र अतिरिक्त खाना पनि खुवाइन्छ। जसले गर्दा धेरै बालबालिका लाभान्वित भएका छन्।

पोषण कार्यक्रममा बालबालिका जति मात्रामा आउनुपर्ने हो त्यही अनुपातमा आइराखेका छन् कि छैनन् ?
हामीले प्रत्येक महिनामा समुदायमै गएर बच्चाको तौल अनुगमन गर्ने गर्दछौं। त्यसमा पोषणको कमी भएका बालबालिकालाई अस्पतालमा ल्याउने सल्लाह दिएर उपचार सुरु गरिन्छ। पहिलेको तुलनामा अहिले धेरैले यो सेवा लिइरहेका छन्। तर बिचमै छोड्ने समस्या छ।

हामी प्रत्येक महिना समुदायमै गएर बच्चाको तौल अनुगमन गर्ने गर्दछौं। त्यसमा पोषणको कमी भएका बालबालिकालाई अस्पतालमा ल्याउने सल्लाह दिएर उपचार सुरु गरिन्छ।

कुपोषण घटाउन सरकारले के गर्नुपर्ला ?
अहिले सञ्चालन भइरहेको पोषण कार्यक्रमलाई नै प्रभावकारी ढंगले सञ्चालन गर्न सके मात्रै कुपोषण घटाउन सकिन्छ। जस्तै स्वास्थ्यकर्मीलाई तालिम, स्वयंसेविका, आमा समूह, गाउँका नेतालाई राखेर चेतनामुलक कार्यक्रम गर्ने, त्यसको प्रत्येक ६–६ महिनामा समीक्षा गरेर देखिएका समस्यालाई छलफल गर्ने र समुदायका बालबालिकामा कुपाषण देखिए उपचारमा ल्याउन पहल गर्नुपर्छ। यस्ता गतिविधि स्थानीय तहबाटै भएमा धेरै बालबालिकालाई कुपोषण हुनबाट बचाउन सकिन्छ।

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने त ?
सबै भन्दा बढी ध्यान दिनुपर्ने कुरा खाना हो। शक्ति प्रदान गर्ने खानेकुरा खुवाउने गर्नुपर्छ। शरीरका हाड, मांसपेशी, स्नायु, रगत, छाला आदिको वृद्धि तथा यिनीको कार्य विकासको लागि प्रोटिनको आवश्यक पर्दछ। दाल, गेडागुडी, कोदो, अण्डा, माछा, मासु, दूध तथा यसबाट बनेको पदार्थमा प्रोटिन बढी पाइन्छ। भिटामिन तथा खनिज पदार्थ युक्त खाना खाने र प्रशस्त मात्रामा पानी सेवन गराउने गर्नुपर्छ। बाहिरका खाना भन्दा घरका खाना धैरै खुवाउनु राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?