जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘आयो दशैँ तिहार’ गीतको भिडिओ सार्वजनिक

काठमाडौँ– दशैँ तिहारको नयाँ गीत ‘आयो दशैँ तिहार’ को भिडिओ सार्वजनिक गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीको शब्द, रचना रहेको सो गीत सावृजनिक गरिएको हो ।

गीतमा समीर खरेलको स्वर र संगीत रहेको छ । दीक्षित पौडेलले एरेन्ज गरेका छन् । गीतको भिडिओ आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडिओमा सुनिषा बजगाईं, बालकृष्ण वली, सुवास सुवेदी, समिया कार्की, कृष्णा ढुंगाना र गोमा न्यौपानेको अभिनय रहेको छ । भिडिओ ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन् भने निर्देशन विष्णु बुढाथोकीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?