जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् कम बजेटमा बनेर तहल्का मच्चाएका पाँच बलिउड फिल्म

काठमाडौँ– सन् २०२३ मा रिलिज भएका केही बलिउड चलचित्रले हिट हुनका लागि ठूलो बजेट हुनु आवश्यक छैन भन्ने प्रमाणित गरेका छन् ।

यो वर्ष धेरै फिल्म रिलिज भएका छन्, जसको लागत निकै कम थियो । तर फिल्मले निकै राम्रो व्यापार गर्‍यो । सन् २०२३ का कम बजेटका फिल्महरूले राम्रो प्रदर्शन गरेका थिए । तीमध्ये 12th फेल, जरा हटके-जरा बचके, फुक्रे-३, द केरला स्टोरी र ड्रीम गर्ल-२ समावेश छन्।

12th फेल
12th फेल भर्खरै रिलिज भएको हो । फिल्म बनाउन करिब २० करोड रुपैयाँ खर्च भएको थियो । फिल्म रिलिज भएदेखि नै दर्शकले निकै रुचाएका छन् । 12th फेलले हालसम्म ४९ करोड रुपैयाँ कमाएको छ ।

विधु विनोद चोपडाको फिल्मको कथा, अभिनय र निर्देशनको तारिफ भयो । फिल्ममा आईपीएस अफिसर मनोजकुमार शर्माको भूमिका निर्वाह गरेका अभिनेता विक्रान्त मेसीले 12th फेलले पनि ओस्कारका लागि स्वतन्त्र मनोनयन पाएको बताएका थिए ।
विक्रान्तले खेलेको भूमिकाले उनको निकै प्रशंसा भयो । विक्रान्त चाँडै विधु विनोद चोपडासँग नयाँ प्रोजेक्टमा देखिन सक्छन्।

जरा हटके-जरा बचके
सारा अली खान र विक्की कौशल स्टारर फिल्म जरा हटके जरा बचके जुन २ मा रिलिज भएको थियो । फिल्म बनाउन करिब ४० करोड रुपैयाँ खर्च भएको थियो ।

फिल्मले भारतमा कुल ८८.३५ करोड भारु कमाएको थियो। फिल्मलाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । यस फिल्ममा सारा र विक्कीको जोडीलाई दर्शकले मन पराएका छन् । हेर्ने हो भने फिल्मको बजेट निकै कम थियो तर फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।

ड्रीम गर्ल २
आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रिम गर्ल–२’ ३५ करोडको बजेटमा बनेको थियो । फिल्मले भारतमा करिब १०४.५६ करोडको कुल कलेक्सन गरेको थियो । यी बाहेक फिल्ममा परेश रावल र अनु कपूर जस्ता कलाकार पनि देखिएका छन् । फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

फुक्रे–३
कमेडी फिल्म फुक्रे–३ यसै वर्षको सेप्टेम्बर ८ मा रिलिज भएको थियो । फुक्रे–३ बनाउन ८ करोड रुपैयाँ मात्र खर्च भएको थियो । फिल्मले भारतमा करिब ९६.६५ करोडको नेट कलेक्सन गरेको थियो । फिल्ममा पुलकित सम्राट, वरुण शर्मा, पंकज त्रिपाठी, मनजोत सिंह र ऋचा चड्डाको अभिनय रहेको छ ।फिल्ममा कुनै पनि भल्गर कमेडी प्रयोग गरिएको छैन, तर पनि फिल्मले मानिसलाई हँसाउन सफल भएको छ ।

द केरला स्टोरी
अदा शर्मा स्टारर फिल्म ‘द केरला स्टोरी’ बनाउन १५ देखि २० करोड रुपैयाँ खर्च भएको थियो । फिल्मले भारतमा कुल २४२ करोड भारु कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?