जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सन्तोषीले जितिन् ‘मिसेस नेपाल युनिभर्स’को उपाधि

काठमाडौँ – काठमाडौँ । ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् ।

लन्डन फेशन हाउसले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । 

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ बेलायतकी महासचिव समेत रहेकी सन्तोषी लन्डनको एक विश्वविद्यालयमा प्राध्यापनसमेत गर्दै आएकी छन् । उनी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन्।

योसँगै कार्कीले ४७ औँ ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता दक्षिण कोरियामा आयोजना हुँदै छ । 

मिसेस युनिभर्समा आधा दशकदेखि नेपालले सहभागिता जनाउँदै आएको छ।  मिसेस युनिभर्स विवाहित महिलाहरूको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो।

४७ वर्षबाट यो प्रतियोगिता हुँदै आएको छ। जसमा १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरूले भाग लिने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?