जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नवरात्री पूजामा कुनकुन सामग्रीहरु प्रयोग गर्ने ?

काठमाडौँ– बिहीवारदेखि नवरात्री शुरु भएको छ । नवरात्रीको नौ दिनमा देवी दुर्गाको फरक फरक स्वरुपको पूजा, आराधना गरिन्छ ।

नवरात्री पवित्र र शुद्ध मनले देवी दुर्गाको पूजा, आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक आस्था छ । त्यसैले पूजा, आराधनामा प्रयोग गरिने सामग्रीहरुको विशेष ध्यान दिनुपर्छ । यसका लागि तपाईंले चाहिने सामग्रीहरुको जोहो गर्न आवश्यक हुन्छ । नवरात्री पूजामा चाहिने सामग्रीहरुबारे हामी तपाईंलाई जानकारी गराउँछौं ।

नवरात्री पूजामा चाहिने सामग्रीहरु
धूप, फूल, पाँच किसिमको फल, इलाइची, ल्वाङ, कपूर, अक्षता, सुपारी, नरिवल, रातो वस्त्र, रातो चुनरी, घीउ, बत्ती, श्रृङ्गार सामग्री, जायफल, जौं, माटोको एउटा भाँडो, हवन कुण्ड, रातो रङको आसन, पानको पत्ता ।

नवरात्री पूजामा देवीलाई चाहिने श्रृङ्गार सामग्री
रातो चुनरी, रातो वस्त्र, रातो टीका, मेहन्दी, गाजल, चुरा, सिन्दुर, झुम्का, हार, गजरा, बिछु, नथिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?