जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताएका छन्।

आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उनले भने, “कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनुपर्दैन । उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।”

उनले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिए ।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उनले बताए।

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको जनाए । यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?