जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दक्षिणी लेबनानमा इजरायलको ठुलो हवाई हमला

काठमाडौँ– लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराती ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ ।

यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

यसैबीच, लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही गरिरहेको छ । इजरायली सेनाले पनि दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणहरूलाई आदेश दिएको छ ।

इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ। वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।

अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको छ ।

यसैबीच हिजबुल्लाहले इजरायलमा विहिबार २३० भन्दा बढी प्रोजेक्टाइल मिसाइल हमला गरेको छ । इजरायलले यो जानकारी दिदै साबि आक्रमणलाई ध्वस्त बनाएको र कुनै मानवीय क्षति नभएको बताएको छ । त्यस्तै हिजबुल्लाहले भने विहिबार ३२ आक्रमण मात्र गरेको दाबि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?