जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

छविशीत कुलुङका दुई गजल

-छविशीत कुलुङ

मन परेको मान्छे मनभरी छाइदियो
ढोका थुनेर सुत्दा नि सपनीमा आईदियो

जटिल थियो जटिल मेरो जिन्दगीमा
तिम्रो आगमनले सरल बनाइदियो

कालले लडाउँन नसकेको मान्छेलाई
अनिकाल आएर सहजै लडाइदियो

जसलाई मैले उभिन सिकाएको थिएँ
उसैले पो आज मलाई ढलाइदियो

उपहारमा गुलाबको फूल पठाइदिएँ
उसले जवाफमा काँडा पठाइदियो

***

वियर थपियो अनि रम थपियो
कम कम भन्दै अधिकतम थपियो

पिउनलाई बहाना खोज्दै थिए
बहानामा चिसो मौसम थपियो

पिउनेले चिसो बियर पिएर भन्यो
बल्ल शरीरमा तापक्रम थपियो

पिएपछि हाकिमको मनमा
पदभन्दा ठूलो अहम थपियो

शुरूमा मात्रै साथीले थपिदियो
पछि पछि त स्वयम् थपियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?