जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुरक्षा पन्तको कविता: भैगौ हाँसिदेऊ

-सुरक्षा पन्त

भैगो हाँसिदेऊ
हाँसोको भाषा सबैले बुझ्छन्
कुदिरहेका मसिना गोडा हेर त
केटाकेटी कति सुन्दर हुन्छन्

हो त !
भन्नेले भन्दै गर्छन्
बेलैमा बीउ गोड्दे
सिक्नेले जसरी पनि सिक्छन्
शब्दभन्दा कर्ममा जोड दे
जब पानी पर्छ
सुगन्ध माटोबाट आउँछ
जब भोलि देखा पर्छ
महत्त्व आजबाट रसाउँछ

आहा सम्बन्ध !
हेर !!
नसोचेको सपनाले ठाउँमा पुर्‍याउँछ
अहंकारले लग्दैन
सँगसगै हिँड्नुमा जुन मजा छ
अरु केहीमा हुनै सक्दैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?