जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विपिन कार्की बने र्‍यापर

काठमाडौँ– नायक विपिन कार्की र्‍यापर बनेका छन् । यसअघि फिल्म ‘छड्के’मा समेत गीत गाएका उनले आगामी फिल्म ‘पहाड’मा भने र्‍याप गरेका हुन् ।

गीतलाई महाराजगञ्जस्थित भेनस स्टुडियो रेकर्ड गरिएको छ । रञ्जित गजमेरको संगीत रहने यो गीतलाई तुलसीले लेखेका हुन् । 

गीतमा भारती घिमिरे र अर्का गायकको समेत स्वर समावेश हुनेछ । फिल्ममा ४ गीत हुनेछन् । यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्दै छन् । घिमिरेको यो २३ औं निर्देशकीय फिल्म हुनेछ ।

फिल्ममा विपिन शीर्ष भूमिकामा देखिदै छन् । तिहारपछि छायाङ्कन तयारीमा रहेको फिल्ममा कार्कीसहित मदनकृष्ण श्रेष्ठ, सुनिल थापाको पनि अभिनय हुने जनाइएको छ । नेपालको पहाडी क्षेत्र र भारतको मुम्बईमा बाँकी छायाङ्कन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?