जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

जोयनेपाल
0
Shares
JPG converted with https://ezgif.com/webp-to-jpg

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका कारण फाइनल खेल अगाडि नै खेल त्याग्न बाध्य भएकी तथा पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले भारतमा सम्पन्न विधान सभा निर्वाचनमा सफलता पाएकी छिन्। उनले जम्मु काश्मीरको जुलाना राज्यबाट जित हात पारेकी हुन्।

काङ्ग्रेसकी उम्मेदवार उनले भारतीय जनता पार्टीका उम्मेदवार योगेश कुमारलाई ६ हजार १५ मतान्तरले हराएकी हुन्। सन् २००५ देखि काँग्रेसले सफलता नपाएको सो राज्यमा चुनाव जित्ने उनी पहिलो महिला कुश्तीवाज हुन्।

विधान सभा निर्वाचनमा जम्मु एन्ड काश्मीर नेसनल कन्फरेन्स ९जेकेएनसी०ले सबै भन्दा धेरै स्थानमा सफलता पाएको छ। जेकेएनसीले ४२ तथा भाजपाले २९ स्थानमा जित हात पारेका छन्। काँग्रेसले ६ स्थानमा जित हात पारेको छ। जेकेएनसी र काँग्रेसले गठबन्धन गरेका कारण यो गठबन्धन नै सरकार बनाउनका लागि कामियाव भएको छ। जम्मु काश्मीरमा भाजपाले आफूले अनुमान गरे भन्दा बढी प्रतिशत मत पनि पाएको हो। यसका साथै सिट पनि विगतको भन्दा बढाएको हो। यसका बाबजुद जेकेएनसी र काँग्रेस गठबन्धनले सफलता पाएको हो। अन्य शक्तिको अपेक्षाकृत कमजोर रहेको थियो।

हरियाणामा सम्पन्न विधान सभा निर्वाचनमा भने भाजपाले पहिलो स्थान पाएको छ। भाजपाले ४८ सिटमा जित हात पार्दै एकल सरकार बनाउने भएको दोस्रो स्थानमा रहेको काङ्ग्रेसले ३७ स्थानमा सफलता पाएको हो। हरियाणामा धेरै सर्वेक्षणले काङ्ग्रेसले सफलता पाउने जनाएका थिए। यो सर्वेक्षणका बाबजुद भाजपाले सफलता पाउँदै सरकार बनाउने पक्का भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?