जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ट्रम्पले पुटिनलाई गोप्य रुपमा कोरोना टेस्ट किट पठाएको खुलासा

काठमाडौँ– वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति पुटिनलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यसलाई मनगढ़न्ते कथाहरु’ भएको बताउदै यसमा कुनै सत्यता नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?