जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘नआओस् दसैँ’ बोलको गीत सार्वजनिक

काठमाडौँ– विजया दशमीको अवसरमा ‘नआओस् दसैँ’ बोलको गीत सार्वजनिक भएको छ । गणेश श्रेष्ठ शब्द तथा संगीतमा रहेको सो गीतको भिडिओ मंगलबार ओएसआर मुभिज युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा चण्डिका श्रेष्ठको प्रस्तुति रहेको छ । गीतमा नेपालमा बढेको बेरोजगार समस्याले विदेशीनुपर्ने नेपाली दाजुभाइहरूको कथासँगै दसैं र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित छ।

धिरेन्द्र राई र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा पार्वती गिरी र आदित आचार्यको अभिनय रहेको छ। रामेश्वर हुँमागाईंले छायांकन गरेको गीतलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन्।

देवप्रसाद धिमालले निर्देशन गरेको गीतमा चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकीको निर्माण रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?