जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि !!!

काठमाडौँ – गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्म मार्फत सङ्रहित गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले, यो सुचित गरिन्छ की तपाइले राख्नु भएको मेरो गितहरु तुरुन्त डिलिट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु !’

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?