जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लिङ्देनलाई रेखाको पलटवार, भनिन् – ‘आफ्ना सन्तान अमेरिकाबाट फर्काएर देखाऊ’ 

काठमाडौँ – सन्तानलाई अमेरिकी नागरिक बनाउन उतै जन्माउन गएको भन्दै आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पनी गरेपछि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेकी अभिनेत्री रेखा थापाले लिङ्देनलाई कडा प्रतिक्रिया दिएकी छन् ।

फेसबुकमा उनले एउटा स्टाटसबाट सिधै र केही अन्य स्टाटसबाट घूमाउरो पारामा ‘पलटवार’ गरेकी छन् । उनले स्टाटसमा आएका आफ्ना समर्थनका कमेन्टमा समेत लिङ्देनलाई निशाना बनाएकी छन् ।

थापा पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उम्मेदवार थिइन् । यस्तै उनीहरुबीच पारिवारिक नातासमेत रहेको छ। नातामा लिङ्देन थापाको भिनाजु पर्छन् ।

लिङ्देनले शनिबार एक कार्यक्रममा रेखाको नाम नतोकी सन्तान जन्माउन अमेरिका पुगेको बताएका थिए। सो क्रममा उनले नाम नलिएपनि उनको भनाइ रेखा थापा लक्षित थियो भन्ने बुझ्न कठीन थिएन।

लिङ्देनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ भनेका थिए । 

रेखाले यही भनाइको पलटवार कडारुपमा गरेकी  हुन् ।

‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,अमेरिकामा किन राखेको ? ’, रेखाले फेसबुकमा लेखेकी छन् ।

यद्यपि उनले याे स्टाटस डिलेट गरेकी  छिन् । 

लिङ्देनका दुई छोरा र एक छोरी रहेका छन् जसमध्ये छोरी उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा रहेकी छन् ।

थापाले पछिल्लो समय लिङ्देन समूहलाई छाडेकी छन्। 

त्यसैको प्रतिशोध पनि उनले साँधेको बताइन्छ। अभिनेत्री थापाले सन्तान फिर्ता बोलाए हुने भन्ने स्टाटसका अलावा लिङ्देनले आफूलाई कटाक्ष भिडियोको साथमा पार्टीकी महामन्त्री कुन्ता शाहीको भिडियोलाई एकसाथ पोस्ट गरेकी छन्। 

कुन्ताले सो भिडियोमा थापाको समर्थन गर्दै उनी आफ्नो केही व्यक्तिगत तथा पारिवारिक कारणले अमेरिका गएको भन्दै थापाको प्रतिरक्षा गरेकी छन् । उनले कुनै पनि महिलाको निजी विषयलाई राजनितिकरण गर्न नहुने कुरा सो भिडियो क्लिपमा बताएकी छन् ।

रेखाको पछिल्लो टिप्पणीलाई पार्टी नेतृत्वले गम्भीर रुपमा लिएको बताइन्छ। अमेरिका जाने जानकारी पार्टीलाई नदिइएकोमा पार्टी पंक्ति थापासँग रुष्ट रहेको जानकारहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?