जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित

काठमाडौं- वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो ।

वेस्टइण्डिजले दिएको २१७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०७ रन बनाएर अल आउट भएपछि खेल ८ रनले हारेको हो ।यस टेस्टमा वेस्टइण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिंगमा १९३ रन बनाएर आउट भएको थियो ।

त्यस्तै अस्ट्रेलियाले पहिलो इनिङमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिंगमा २०७ रन मनाएको थियो ।योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?