जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इटालीका सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

काठमाडौं – विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस बर्षको अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले

रसियाका डानिल मेडभेडेभलाई ३-२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ बर्षिय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो । उनले यस अघि सेमिफाइनलमा विश्वका नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?