जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अगस्त्यः च्याप्टर १ को टिजर सार्वजनिक

काठमाडौं । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक गरिएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। फिल्म फागुनको १८ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । नाजिर चलचित्रमा ५ फरक गेटअपमा प्रस्तुत भएका छन ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रको वितरण डिसीएनले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?