जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमा तारबाट इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड २७ लाख पुग्यो

काठमाडौं – नेपालमा तार मार्फत इन्टरनेट प्रयोग गर्ने १ करोड २७ लाख २२ हजार ३११ पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असोजको एमआईएस रिपोर्ट अनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्ने १ करोड २७ लाख २२ हजार ३११ पुगेका हुन्।

नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २९ लाख ११ हजार २८४ रहेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन्।

नेपालमा सबैभन्दा धेरैले वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट प्रयोग गर्ने गरेका छन्। वर्ल्डलिंकको इन्टरनेट ३५ लाख ९४ हजार ८०१ जनाले प्रयोग गर्छन्। नेपालको कुल इन्टरनेट बजारको २८.२६ प्रतिशत हिस्सा वर्ल्डलिंकले ओगटेको छ।

दोस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्कको बजार हिस्सा १०.८९ प्रतिशत रहेको छ। डिश मिडिया नेटवर्कको इन्टरनेट प्रयोग गर्ने १३ लाख ८५ हजार ४२५ छन्।

नेपाल टेलिकम १३ लाख २ हजार ५७० प्रयोगकर्ता र १०.२४ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा छ। क्लासिक टेक ९.९२ प्रतिशत बजार हिस्सा र १२ लाख ६२ हजार १०४ प्रयोगकर्ता सहित चौथो स्थानमा रहेको छ।

ग्राहक संख्याका आधारमा पाँचौं स्थानमा रहेको सुबिसु केबलनेटको प्रयोगकर्ता १२ लाख ५३ हजार २०२ र बजार हिस्सा ९.८५ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?