जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बालेनको कविता- हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् ।

बुधबार साँझ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्:

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?