जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आमा बन्दै बलिउड अभिनेत्री राधिका आप्टे

काठमाडौँ – बलिउड अभिनेत्री राधिका आप्टे अहिले पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् ।  

विवाह गरेको १२ वर्षपछि उनी आमा बन्न लागेकी हुन्। हालै आफ्नो आगामी फिल्म ‘सिस्टर मिडनाइट’ को प्रिमियरमा पुगेकी उनी बेबी बम्पमा देखिएकी थिइन्। 

यो प्रिमियर युकेमा भएको हो भने राधिका सो समारोहमा कालो रङ्गको पहिरनमा देखिएकी थिइन । उनले आफ्नो इन्स्टाग्रााममा केही तस्वीर समेत सार्वजनिक गरेकी छन्। 

राधिका आप्टेले २०१२ मा ब्रिटिश म्यूजिक कम्पोजर बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन्। उनीहरूको सन् २०११ मा लन्डनमा भेट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?