जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘खुस्मा’को छायाङ्कन मनाङबाट सुरु 

काठमाडौँ – धिरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहने फिल्म ‘खुस्मा’ को छायाङ्कन सुरु भएको छ । हिमाली जिल्ला मनाङबाट फिल्मको छायाङ्कन सुरु भएको हो ।

हिउँका दृश्यहरू फिल्मका लागि महत्त्वपूर्ण भएका कारण फिल्मको छायाङ्कन मनाङबाट गरिएको हो । मनाङमा १० दिन सुटिङपछि फिल्म युनिट पूर्वी रुकुम पुग्नेछ । 

 प्रेमकथामा  बन्न लागेको फिल्म ‘खुस्मा’ केही डकुमेन्ट्री निर्देशन गरेका अशोक थापा मगरको निर्देशनमा डेब्यु फिल्म हो ।

 ॐ एम मिडिया प्रालि प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई  र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

‘खुस्मा’ मा एसडी योगीको सङ्गीत, दीपक बज्राचार्यको छायाङ्कन छ । फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्कबहादुर पुन र अरुण मगरको समेत अभिनय रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?