जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ल्यापटपको ब्याट्री चाँडै समाप्त हुनबाट जोगाउन अपनाउनुहोस् यस्ता उपाय 

काठमाडौँ‍– मानिसहरू सूचना प्रविधिको युगमा प्रवेश गरेसँगै कार्यालयको लागि होस् या अन्य विभिन्न प्रयोजनको लागि ल्यापटपको आवश्यकता समेत बढ्दै गएको छ । 

मानिसहरूले आजभोलि धेरैजसो काममा पनि ल्यापटपको प्रयोग गर्न थालेका छन् । 

तर ल्यापटपको ब्याट्री छिट्टै समाप्त हुन्छ भन्ने गुनासो पनि धेरैले गर्ने गर्दछन् । धेरै प्रयोग गरिने भएपछि ।

यी टिप्स पालना गरेपछि ब्याट्री छिट्टै समाप्त हुनु स्वाभाविकै कुरा हो तर तल दिएका जस्ता केही कुराहरूको पालना गर्दा तपाईँको ल्यापटपको ब्याट्री लामो समयसम्म टिक्न सक्छ ।

तपाईँले ल्यापटपको ब्याट्री लाइफ सुधार्नको लागि ब्याट्री सेटिङका केही विकल्पहरु  थाहा पाएर तिनलाई सक्षम गर्न सक्नुभयो भने पनि तपाईँको ल्यापटपको ब्याट्रीको आयु बढ्न सक्छ । 

यस बाहेक, ब्याट्री बचत गर्न हाइबरनेट मोडहरूमा पनि पूर्ण ध्यान दिनुपर्छ । ल्यापटपको ब्याट्री पूर्ण रूपमा समाप्त हुनु अघि तपाईँले आफ्नो ल्यापटपलाई हाइबरनेट मोडमा बदल्नु पर्दछ । 

यति मात्र नभई ल्यापटपको ब्याकग्राउन्डमा चल्ने सबै एपहरू बन्द गर्नुपर्छ । किनकि ब्याकग्राउन्ड एपहरूले धेरै ब्याट्री खपत गर्छन् । यसलाई बन्द गरेमा ब्याट्री खपत कम हुनेछ ल्यापटपको ब्याट्री डिस्चार्ज हुनबाट केही हदसम्म रोकिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?