जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् मिनेटको १ करोड पारिश्रमिक लिने बलिउड अभिनेत्री

काठमाडौँ – बलिउडमा कलाकारको पारिश्रमिकको विषय सदा चर्चामै रहन्छ । यही कारण कतिपय फिल्मको बजेट बढ्ने गरेको यर्थाथताकाबिच मुख्य भूमिका होस् वा क्यामियो करोडौँ असुल्ने अभिनेता अभिनेत्री धेरै छन् ।

तर कुनै अभिनेत्रीले एक मिनेट अभिनयको १ करोड भारु माग्नु स्वाभाविक होला त ? 

हो उर्वशी रौतेला तिनै अभिनेत्री हुन जसले एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु असुलेको चर्चामा छ।

भल्तेर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि परिचित उर्वशी रौतेलालाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अफर गरिएको थियो।

समाचार अनुसार उर्वशी रौतेलाले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् । 

यसको मतलब उनले प्रति मिनेट १ करोड रुपैयाँ कमाउनेछिन् र एक मिनेटको प्रदर्शनका लागि भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा नयाँ कीर्तिमान कायम गरेकी छिन्। 

यसअघि उर्वशी रौतेलाले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘भल्तेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?