जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रेखासँगको भिडन्तले लिङ्देनले छोरीसँग खिचेको तस्बिर भाइरल

काठमाडौँ –  नेताको छोराछोरी विदेशमै सेटल भएको तथा पढ्न जाने गरेको विषय नौलो हैन । तर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र अभिनेत्रीसमेत रहेकी नेतृ रेखा थापाबिचको घोचपेच  सामाजिक सञ्जालमा भाइरल छ। 

बच्चा जन्माउन अमेरिका पुगेकी रेखाबारे लिङ्देनले सार्वजनिक कार्यक्रममै टिप्पणी गरेपछि त्यसको जवाफ उनले श्रृखलाबद्ध रुपमा दिँदै छिन् ।

सुरुमा अमेरिकाबाटै पोस्ट गदै ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ भन्ने प्रश्न गरेकी रेखाले अर्को उत्तर पनि दिएकी छन् । 

उनले अझ प्रस्ट रूपमा अर्को पनि ट्विट गरेकी छन्, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोसीमा भ्वाङ परेपछि बिरालाहरू खाबो कोतर्दै छन् रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ? ’

खासमा लिङदेनकी छोरी समता लिङदेन केही वर्षदेखि अमेरिकामा छिन्। उनी त्यहाँ वाणिज्यशास्त्र विषयमा मास्टर्स पहिलो वर्षमा पढिरहेकी छन्। गएको दसैँमा पार्टी कार्यक्रमका लागि लिङदेन आफ्नी पत्नीसहित अमेरिका गएका थिए।

रेखाको कटाक्षपछि यतिबेला उनले छोरीसँग फोटो खिचाएको त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। यद्यपि लिङदेनको परिवारले भने उनी अध्ययनका लागि मात्रै गएको भन्दै यसको बचाउ गरेको छ । 

पार्टी अध्यक्षले देशको दुरावस्थातर्फ ईंगित गर्दै भनेको कुरालाई कसैले व्यक्तिगतरुपमा लिनु आवश्यक नरहेको समेत उनीहरूले प्रस्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?