जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘एक चिहान’ नाटक मञ्चन हुँदै

काठमाडौँ– साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको ‘एक चिहान’ नाटक मञ्चन हुने भएको छ । आगामी कात्तिक ८ र ९ गते स्याङ्जा बजार र ११ र १२ गते वालिङ बजारमा सो नाटक मञ्चन हुन लागेको हो ।

पोखरा थिएटरको टिमले एक चिहान गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्यअनुरूप स्याङ्जामा प्रदर्शन गर्न लागेको जनाइएको छ । सो नाटकलाई पोखरा थिएटरका परिवर्तनले नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन् ।

नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय रहेको छ ।

जन्म जिल्ला पनि रहेकाले पहिलो पटक नाटक मञ्चन गर्ने अवसर पाउँदा आफू निकै हर्षित बनेको परिवर्तनको भनाइ छ । जन्मथलोमा नाटक लिएर आउँदा माया मिल्ने आशा परिवर्तनको रहेको छ ।

पोखरा थिएटरको गन्धर्व नाटक घरमा गत भदौ १३ गतेबाट बुकिङ सो मार्फत उक्त नाटक मञ्चन भएको थियो । कक्षा १२ को पाठ्यक्रममा समेत समावेश रहेको यो उपन्यासका कारण नाटकमा बढी विद्यार्थीको आकर्षण देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?