जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कसैले थाहा नपाउने गरी कसरी गर्ने कल रेकर्डिङ? अपनाउनुहोस् यो उपाय

काठमाडौँ– तपाइले यदि कुनै कल रेकर्ड गर्न चाहनुभयो भने कल रेकर्डिङ सुरु हुने वेलामा यो कल रेकर्ड भइरहेको छ भनी पहिल्यै घोषणा हुने गर्दछ । 

यो घोषणा जसको कल रेकर्ड हुँदै छ त्यो व्यक्तिले पनि सुन्ने गर्दछ । किनकि अनुमति बिना कसैको कल रेकर्ड गर्नु गोपनीयताको हक हनन् गर्नु हो । 

तर कतिपय अवस्थाहरु यस्ता पनि आउन सक्छन की कसैलाई थाहा नदिई कल रेकर्डिङ गर्नुपर्ने हुनसक्छ । 

त्यसैले आज हामी यहाँ एउटा ट्रिकको बारेमा भन्छौ जसका कारण यदि तपाईँले यसलाई अन गर्नुभयो भने कल रेकर्डिङ सुरु गर्दा कुनै पनि घोषणा गरिने छैन ।

अर्थात् तपाई कल रेकर्ड गरिरहेको कुरा अन्य व्यक्तिलाई थाहा नदिई कल रेकर्ड गर्न सक्षम हुन सक्नुहुनेछ । 

सर्वप्रथम त आफ्नो एन्ड्रोइड फोनको कन्ट्याक्टमा गएर ‘सेटिङ्स’ मा क्लिक गर्नुहोस् । त्यसपछि ‘कल रेकर्डिङ’ विकल्प देख्नुहुनेछ । 

त्यसपछि तपाईँले ‘डिस्क्लेमरको सट्टा अडियो टोन प्ले गर्नुहोस’ भन्ने विकल्प पाउनुहुनेछ । त्यसलाई अन गर्नुपर्ने हुन्छ । 

यो विकल्प अन गरिसकेपछि अर्को पटक तपाईँले कसैलाई कल गर्नुहुन्छ, यस समयमा कुनै घोषणा हुनेछैन, जसको कारण अगाडिको व्यक्तिले कल रेकर्ड भइरहेको छ वा छैन भनेर बुझ्न सक्षम हुनेछैन ।

तर सचेत रहनुहोस् तपाईँले कल रेकर्डिङको दुरुपयोग वा गैर कानुनी काममा प्रयोग गर्ने जस्ता केही गलत गर्नुभयो भने, तपाई विरुद्ध कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?