जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘फिल्मफेयर अवार्ड २०२३’ मा  सर्वश्रेष्ठ फिल्मकाे उपाधी ‘ट्वेल्थ फेल’लाई

काठमाडौँ – बलिउडको प्रतिष्ठित ‘फिल्मफेयर अवार्ड २०२३’ मा  सर्वश्रेष्ठ फिल्मको उपाधि ‘ट्वेल्थ फेल’ ले प्राप्त गरेको छ।

सर्वश्रेष्ठ निर्देशकका लागि यही चलचित्रबाट विधु विनोद चोपडालाई छनोट गरिएको छ। गुजरातमा सम्पन्न समारोहबिच यस वर्षको सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि आलिया भट्टले जितेकी हुन् । 

आलियालाई ‘रकी और रानीकी प्रेम कहानी’ का लागि बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको हो।

सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल) को उपाधि विक्की कौशललाई चलचित्र ‘डंकी’का लागि प्रदान गरिएको छ भने शबाना आजमीलाई सर्वश्रेष्ठ अभिनेत्री (सपोर्टिङ रोल) चलचित्र ‘रकी और रानीकी प्रेम कहानी’का लागि प्रदान गरिएको छ।

अभिनेता रणवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ। रणवीरलाई चलचित्र ‘एनिमल’का लागि उक्त उपाधि प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?