जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘काव्यचित्र सिर्जना शिविर’ हुने

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ हुने भएको छ ।

कार्तिक ९ गते शुक्रकार प्रतिष्ठानमा हुने शिविरमा चर्चित कवि तथा चित्रकारहरुले एक साथ कला सिर्जना गर्नेछन् । प्रतिष्ठानका र एपेकको संयुक्त आयोजनामा हुने शिविरमा साहित्यका स्रष्टाहरुको कविता सिर्जनामा ललितकलाका कलाकारहरुले चित्र सिर्जना गर्नेछन् ।

कविता र चित्रकलाको सिर्जनायात्राले कला क्षेत्रमा नयाँ अध्यायको शुरुवात हुने विश्वास स्रष्टाहरुले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?