जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कला

कला सिर्जनाले सजिँदै गुल्मी ठूलोलुम्पेक सत्यवती क्षेत्र(फोटोफिचर)

काठमाडौँ– गुल्मीस्थित ठूलोलुम्पेक सत्यवती क्षेत्र कला सिर्जनाहरुले सजिँदैछ । यतिबेला कला सर्जकहरुले मूर्तिकला तथा चित्रकलाहरु सिर्जना गरिरहेका छन् ।

ग्रामिण प्रवद्र्धनका लागि काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्यशाला–२०८१’ शीर्षकमा नेपाल ललिलतकला प्रज्ञा प्रतिष्ठान, सत्यवती गाउँपालिका र सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र– नेपाल(साकटेक–नेपाल)को सहकार्यमा कार्तिक १ गतेदेखि कार्यशाला शुरु गरिएको प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख प्राज्ञ तथा मूर्तिकार दिनेश्वर महत्तोले बताए ।

मूर्तिकार नरेन्द्र भण्डारीको संयोजनमा जारी कार्यशालामा भुवन थापा मगर, याम थापा मगर, श्याम प्रजापति, विशाल सारु मगर, गोविन्द चौधरी, सुमित्रा राना सुतपराई, सुजना श्रीस, रिमा मिधुन, वेनु थापा, हरि बयम्वु लगायतका मूर्तिकार तथा चित्रकारहरु सहभागी छन् ।

कार्यशाला कात्र्तिक १० गतेसम्म जारी रहने बताइएको छ ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?