जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रुघाखोकीबाट छुटकारा पाउन प्याजको रस

हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । 

दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा पनि प्याज हालिएकै हुन्छ ।

पोषण विज्ञहरूका अनुसार भारतीय उपमहाद्वीपमा हजारौँ वर्षहरूदेखि प्याजलाई भोजन तथा चिकित्सा क्षेत्रमा प्रयोग गरिएको छ ।

प्राचीनतम संस्कृत ग्रन्थहरूमा प्याज र यसका गुणहरू प्रमुखरुपमा उल्लेख गरिएको पाइन्छ । आधुनिक युगमा पनि यसको उपयोग कम भएको छैन र कुनै पनि हाटबजारमा प्याजको भण्डार सधैँ गरिएको देखिन्छ ।

यसै सन्दर्भमा आज हामी  चिसो मौसममा प्याजको उपयोगिताबारे जानकारी दिँदै छौँ 

– यदि तपाईँलाई रुघाखोकी लागेको छ भने तपाईँको घरमा रहेको प्याज तपाईँको लागि निकै उपयोगी हुने छ । यसका लागि एक कप प्याजको रस निकाल्नुपर्छ।

यस रसमा केही थोपा कागती र मह मिसाउनुहोस्। तीन वटैलाई राम्ररी मिलाएर यो जुस पिउनुहोस्। पिएको केही घण्टा पछि तपाईँले चिसोमा आराम पाउनुहुनेछ।

– यसका अलावा प्याजको रसको सिरप पनि बनाउन सकिन्छ । यसका लागि एक कप प्याजको रस निकाल्नुपर्छ। यस रसमा कम्तीमा दुई दर्जन चम्चा मह मिसाउनुहोस्। जुन सिरप जस्तै हुनेछ।

त्यसपछि केही घण्टाको लागि छोड्नुहोस्। अब तपाईँको सिरप तयार छ। यो सिरपको एक चम्चा प्रत्येक दिन एक घण्टाको अन्तरालमा लिनुहोस्। यो सिरपको सेवनले तपाईँलाई रुघाखोकी र फ्लुमा पनि धेरै राहत मिल्छ ।

–  यसबाहेक, तपाईँ प्याज सलाद पनि खानासँग प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाईँले सलादमा काँचो प्याज मात्र समावेश गर्नुपर्छ। किनभने काँचो प्याजमा धेरै मात्रामा सल्फर हुन्छ । जसले कलेजोबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्नुका साथै सङ्क्रमणबाट पनि बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?