फिल्म ‘सानो संसार’ पुनः प्रदर्शनको तयारीमा

काठमाडौँ – फिल्म ‘सानो संसार’ यही शुक्रवारदेखि देशव्यापी रूपमा पुनः प्रदर्शन हुने तयारीमा छ। 

यसअघि लगातारको झरीले आएको बाढि पहिरोले उत्पन्न विपद्का कारण फिल्मको प्रदर्शन रोकिएको थियो । 

सो समयमा ३ दिनमै हलबाट उतारिएको यो फिल्मलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शन गर्न लागिएको हो।

फिल्मका पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो। प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

निर्माता अर्जुन कुमार र माधव वाग्लेको निर्माणमा बनेको ‘सानो संसार’ले पहिलो प्रदर्शनका बेला नै पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

चलचित्रको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका छन्। चलचित्रमा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पङ्गेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?