जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘युनिभर्सिटी अफ गुण्डाज्’बाट कमब्याक गर्दै सलिन

काठमाडौं – अभिनेता सलोन बस्नेतले फिल्म निर्माण गर्ने भएका छन् । सलोन–सलिना फिल्म्सको ब्यानरमा एक्सन फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’ निर्माण हुने भएको छ ।

यो फिल्मको शीर्ष भूमिकामा आफू र सलिनमान बनियाँले अभिनय गर्ने बताइएको छ । २०७५ सालमा रिलिज भएको फिल्म ‘यात्रा’पछि सलिनले यही फिल्मबाट कमब्याक गर्दैछन् ।

सलोन र सलिन मिल्ने साथी पनि हुन् । निर्देशक र अभिनेत्री तय हुन बाँकी रहेको फिल्मको २०८१ सालभित्रै निर्माण र प्रदर्शन गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?