जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्‍याएको योगदानको चर्चा गरे। सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेवाफत नोवेल शान्ति पुरष्कार प्रदान गरिएको थियो।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्चमा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामक शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको छ।

लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि उक्त शिखर सम्मेलन गर्दैछ। लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ / १२ मा आयोजना गर्न लागेको हो।

उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार–प्रसारमा टेवा पुग्ने आयोजकको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?