जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘हात्तीछाप’टिमद्धारा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं – माघको २६ गतेबाट फिल्म ‘हात्तीछाप’ रिलिज हुँदै छ । सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

फिल्मको प्रमोशनमा रहेको निर्माण टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा उपस्थित भएका नागरिकहरुलाई निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

यस्तै, जटिल रोगका बिरामीहरुलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ । बृहत्त स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो ।

यो शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरुले नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । फिल्म ‘हात्तीछाप’का प्रस्तुतकर्ता नेपाली भन्छन्–‘हामीले फिल्मलाई व्यवसायिक कोणबाट मात्र हेर्नु हुदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?