जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माघ १९ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘गंगालाल’ मञ्चन हुने

काठमाडौं – सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ गतेदेखि नाटक मञ्चन हुन लागेको हो। नाटक माघ २९ गतेसम्म मञ्चन गरिनेछ।

टिमका अनुसार नाटक सहिद गंगालाल श्रेष्ठको चित्रहरूमा आधारित रहेर बनाइएको छ। गंगालालको राजनीतिक, साहित्यिक लगायतका विभिन्न आयाम नाटकमा देखाइनेछ।

चे शंकरको लेखन र निर्देशनमा तयार पारिएको नाटक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन गरिने जनाइएको छ।

नाटकमा रंगकर्मी इनार बानु, निरज दाहाल, कुमु एडेन बात्री, रोशन चन्द, दिपक पच्छलदङ्या, रेवन राई, निर्भिक भट्टराई, एलिजा तुम्बापो, शकु शाहलगायतको अभिनय रहनेछ। नाटक शहिद गंगालाल फाउन्डेसन नेपालको प्रस्तुति र गार्डेन थिएटर कम्युनिटीको सहकार्यमा तयार पारिएको हो।

शिल्पीमै फागुन ११ गतेदेखि नाटक ‘झोडा’ पनि मञ्चन हुँदैछ। यो नाटक २०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समय अर्थात् तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथामा आधारित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?