जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इजरायली आक्रमणपछि इरानद्वारा स्थगित उडान सुचारु

काठमाडौँ– इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभाव स्वरुप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

इजरायलले इरानको राजधानी तेहरानमा शनिबार आक्रमण गरेको जनाइएको छ । इजरायलले देशबाट महिनौँ निरन्तर आक्रमणको जवाफमा इरानमा सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

इजरायली सेनाले एक विज्ञप्तिमार्फत इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको बताएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?