जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, नेपालको खेल भाेली

काठमाडौँ – आइसिसी यू–१९ विश्वकपको सुपर सिक्सका खेल आजदेखि सुरु हुँदै छन् । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्सकाे  पहिलो दिन तीन खेल हुँदै छन् ।

आज  भारत–न्युजिल्याण्ड, श्रीलंका–वेस्ट इन्डिस, आयरल्याण्ड–पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन् । 

नेपालले भने सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बङ्गलादेशसँग खेल्नेछ। यो खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

 नेपालले यू–१९ विश्वकपमा यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो।

अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?