जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतले बनाँउदैछ परमाणु इन्धनबाट चल्ने रकेट,हुनेछ अन्तरिक्षको यात्रा सहज

काठमाडाैँ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्ने भएको छ । 

सुरुवाती डिजाइन सार्वजनिक भइसकेको उक्त आणविक इन्धनयुक्त इन्जिनबाट चल्ने रकेट निर्माण सफल भए  कुनै पनि ग्रहमा कमभन्दा कम समयमा अन्तरिक्षयान उतार्न सकिनेछ । 

न्युक्लियर रकेटको विकाससँगै भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने यानमा रहेका अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्किनका लागि कुनै समस्या नहुने बताइएको छ । 

यसको निर्माणले सौर्य मण्डल बाहिरका सबै मिसनका लागि समेत सहजता प्रदान गर्ने छ ।  साथै यसले डिपस्पेस मिसनका लागि आवश्यक पर्ने ठुलो परिमाणको तथा निरन्तर ऊर्जाका लागि आणविक इन्धनयुक्त इन्जिन भएका रकेटको आवश्यकता पुरा गर्दा सौर्य मण्डल बाहिरका खगोलीय खोजहरूका लागि समेत रकेटहरू पठाउन सहज हुने छ । 

न्युक्लियर इन्जिनवाला रकेट आम न्युक्लियर इन्जिनभन्दा फरक हुनेछ । यस्ता इन्जिनमा दुईवटा प्रमुख भाग हुनेछन् । पहिलो हिस्सामा रेडियोधर्मी पदार्थको रिडियो आइसोटोपलाई हिटर युनिटमा तताइनेछ ।

त्यसपछि आरटिजी खण्डमा तापलाई विद्युतमा बदलिन्छ । तत् पश्चात् तापलाई थर्मोकपल अर्थात एउटा भाग तातो र अर्को चिसो हुने रडमा पठाईनेछ ।  उक्त पूरै रडमा हुने भोल्टेजबाट नै ऊर्जा प्राप्त हुने बताइएको छ । 

इसरो र भाभा एटमिक रिसर्च सेन्टरले रेडियो थर्मोइलेक्ट्रिक जेनेरेटरको विकास गरिरहेका छन् । अहिलेसम्म रकेट तथा स्याटेलाइटमा रासायनिक इन्जिन प्रयोग गरिन्छ ।

जुन कुनै ग्रहमा जान र त्यहाँबाट फर्किनका लागि समस्याको कारण बन्दा परमाणु ऊर्जाबाट चल्ने रकेट निर्माणले मंगल ग्रहमा अन्तरिक्षयात्रीहरु पठाएर छिट्टै त्यहाँ अवतरण गराउने र पृथ्वीमा फिर्ता ल्याउन पनि सम्भव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?