जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौँ – अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रेहको अभियोगमा भारत उडिसा घर भई झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल ह्वाट्स एपको दुरूपयोग गरी पीडितलाई सुनको गरगहनाहरू, आईफोन लगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी नगद १७ लाख ८२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मोरङ बेलबारी नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?