जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

डीपफेक भाइरल भएपछि एक्समा टेलर स्विफ्टको सर्च ब्लक

काठमाडौँ – डीपफेक भिडियो भाइरल भए पछि एक्सले गायिका टेलर स्विफ्टको सर्च रोकेको छ।

उनका तस्बिरहरू एक्स र टेलिग्राम सहित सोसल मिडिया साइटहरूमा पोस्ट गरिएको थियो। अहिले एक्समा स्विफ्ट खोज्दा नभेटिने बनाईएको छ । 

यस गत हप्ताको सुरुवातमा गायिकाको नक्कली ग्राफिक तस्बिर साइटमा देखिएको थियो। 

स्विफ्टको तस्बिर भाइरल भएपछि  एक्सले शुक्रबार एक विज्ञप्ति नै जारी गरेको थियो । 

‘प्लेटफर्ममा गैर–सहमतिपूर्ण नग्नता पोस्ट गर्न ‘कडा रूपमा निषेधित’ भएको उल्लेख गरिएको विज्ञप्तिमा त्यस्ता सामग्रीप्रति शून्य सहनशीलता नीति रहेको उल्लेख गरिएको थियो ।

एक्सले तस्ता तस्बीरहरु पहिचान गर्न र हटाउन लागि परेको जनाएपछि  स्विफ्टको सर्च रोकेको हो । 

यद्यपि एक्सले साइटमा स्विफ्टका लागि सर्च ब्लक गर्न थालेको हो वा  विगतमा भएका सार्वजनिक व्यक्तित्व माथि भएका यस्तै कार्य र शब्दहरूको लागि सर्च अवरुद्ध गरेको हो प्रष्ट छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?